काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को अवसरमा विद्यार्थी तथा युवाहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन गरेको छ ।
बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सातवटै प्रदेशहरूमा सञ्चालन गरेको हो । बैंकले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवाहरूको सहभागिता रहेको थियो ।
यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि ब्यानर सहित सहभागी भएका थिए । ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।
प्रतिक्रिया