"चुज योर फ्यूचर" अभियानसहित हुन्डाईको क्रेटा ईभी र ‘मेड इन नेपाल’ क्रेटा सार्वजनिक

मंगलबार, १२ चैत्र २०८१, १० : २८

काठमाडौं- लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई कम्पनीको क्रेटा गाडीको विद्युतीय (ईभी) र ‘मेड इन नेपाल’ पेट्रोल भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २४ मार्च २०२५ मा सोल्टी होटेल, काठमाडौंमा दुबै भेरियन्टको सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न गरेको हो ।  

दक्षिण कोरियाली कम्पनी हुन्डाईले सन् २०१५ मा सार्वजनिक गरेको क्रेटा गाडी पहिलो पटक विद्युतीय संस्करणमा सार्वजनिक गरिएको हो।

लक्ष्मी ग्रुपका अनुसार सन् २०१५ मा सार्वजनिक भएको क्रेटा पेट्रोल नेपालमा सर्वाधिक बिक्री हुने गाडीको सूचीमा रहेको छ। नेपालमा यसको १० हजारभन्दा बढी गाडी बिक्री भएको छ।

लक्ष्मी ग्रुपले नवलपरासीमा रहेको लक्ष्मी मोटर्स कर्पोरेसन प्लान्टबाट क्रेटा गाडीको निर्माण सुरु गरेको छ। कम्पनीले निकट भविष्यमा ईभी गाडीमा प्रयोग हुने लिथियम आयोन ब्याट्रीको रिसाइकल प्लान्ट खोल्ने तयारी गरेको छ।

आज सार्वजनिक गरिएको क्रेटा ईभीमा ३६ वटा विशेषता रहेको कम्पनीको दाबी छ। जसमा ६ वटा स्वचालित एयरब्याग, चारै चक्कामा डिस्क ब्रेक, २०० मिमी ग्राउन्ड क्लियरेन्स, ६ वटा डल्बी डिजिटल स्पिकर, एबीएस प्रणाली आदि रहेका छन्।

क्रेटा ईभीलाई १०० किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा ३९ मिनेटमा र ५० किलोवाटबाट चार्ज गर्दा ५८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ।

हाल नेपाली बजारमा क्रेटा ईभीको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजारसम्म रहेको छ। यसैगरी, ‘मेड इन नेपाल’ क्रेटा पेट्रोलको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ।

विगत एक दशकभन्दा बढी समयदेखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उत्कृष्ट सेवा र ग्राहकको सन्तुन्ष्टलाई प्राथमिकता दिदैँ आएको छ। प्रिमियम तथा गुणस्तरीय सवारी र उच्च रीसेन भ्यालू र उत्कृष्ट बिक्रीपछी को सेवाले गर्दा हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहदै आएको छ।

मंगलबार, १२ चैत्र २०८१, १० : २८

प्रतिक्रिया