काठमाडौं - विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक एलन मस्कको कम्पनी टेस्लाको सेयर मूल्यमामा २०२५ को सबैभन्दा ठूलो वृद्धि भएको छ । विगत ९ हप्ताको लगातार गिरावटपछि टेस्लाको सेयर भाउमा सोमबार एकै दिन ११.९३ प्रतिशतले वृद्धि भएको हो।
सीएनबीसीका अनुसार, यस वृद्धिले टेस्लाको सेयरमा गत वर्षको नोभेम्बर ६ पछि देखिएको सबैभन्दा ठूलो वृद्धि प्रकट गरेको छ। मस्कको राजनीतिक गतिविधिहरूसँग सम्बन्धित बढ्दो विवादका कारण टेस्लाको सेयरको मूल्यमा निरन्तर गिरावट आएको थियो।
तर, सोमबारको सेयर वृद्धि पछि पनि टेस्लाको सेयर अझै डिसेम्बरको उच्चतम मूल्यभन्दा ४४ प्रतिशत तल कारोबार भइरहेको छ। मस्कको दक्षिणपन्थी राजनीतिक गतिविधिका कारण उपभोक्तामा प्रतिकूल प्रभाव परेको र विश्वव्यापी रूपमा टेस्लाको मागमा कमी आएको छ। यसका कारण, पछिल्लो केही महिनामा टेस्ला शोरुम र चार्जिङ स्टेसनमा तोडफोड र आगजनीका घटनाहरू बढेका छन्।
यस नकारात्मक ब्रान्ड छवि र तीव्र प्रतिस्पर्धाका कारण, केही विश्लेषकहरूले टेस्लाको सेयर मूल्यमा भविष्यमा थप गिरावटको भविष्यवाणी गरेका छन्। तर सोमबारको वृद्धिका कारण, अप्रिल २ देखि लागू हुने भनिएको ट्रम्पको शुल्क वृद्धि कम कडा हुने अनुमानले लगानीकर्तामा सकारात्मक असर पार्यो, जसले टेस्लाको सेयर मूल्यमा सुधार ल्याएको हो।
प्रतिक्रिया