सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

मंगलबार, १२ चैत्र २०८१, १६ : १६

काठमाडौं- नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न आग्रह गरेको  छ । ग्लोबल मनी वीक सकिएको अवसरमा वित्तीय सचेतनाका लागि सुचना प्रवाह गर्दै बैंकले सबैलाई सचेत रहन भनेको हो । 

बैंकले "Think before you follow, wise money tomorrow" भन्ने नाराका साथ 'Global Money Week (GMW 2025 ) १७ देखि २३ मार्च, २०२५ सम्म मनाएको छ । 

सामाजिक सञ्जालमार्फत् बैंकले दिएको जानकारीमा भनिएको छ, ‘GMW 2025 को नारामा उल्लेख भएजस्तै सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका Influencers सो विषयका विज्ञ नहुन पनि सक्ने र गलत Influencers को कुराबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक नोक्सानी सक्नेतर्फ सचेत रहौं ।’

अहिलेको समयमा सामाजिक सञ्जालमा पत्यारिलाजस्ता लाग्ने थुप्रै वित्तीय जानकारी र सुझावहरू भेटिन सक्ने भन्दै व्यक्तिलाई फलो गर्नुअघि सूचनाबारे मनन गर्न बैंकले सुझाएको छ । 

‘कुनै पनि वित्तीय निर्णय लिँदा सोसम्बन्धी स्वाध्ययन, अनुसन्धान र गहन विचार वा विश्वसनीय स्रोतहरूसँग परामर्श गरौं । क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले ठुलो आर्थिक नोक्सान गराउन सक्ने भएकोले यसतर्फ सचेत रहौँ ।’ बैंकले भनेको छ । 

download

मंगलबार, १२ चैत्र २०८१, १६ : १६

प्रतिक्रिया