एफपीओ निष्काशन गर्दै विन नेपाल लघुवित्त

बुधबार, १३ चैत्र २०८१, १० : ३०

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्थाले यही चैत २१ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (एफपीओ) जारी गर्ने भएको छ। 

संस्थाले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको एफपीओ ल्याउन लागेको हो। यसअनुसार, १०० रुपैयाँ अंकित मूल्यमा कुल ५१ हजार २९२।५ कित्ता शेयर बिक्री गर्न लागिएको छ। लागानीकर्ताले यस एफपीओमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

यदि उक्त अवधिमा माग बमोजिम आवेदन प्राप्त नभएमा, एफपीओ बिक्री प्रक्रिया २०८२ वैशाख ४ गतेसम्म खुला रहनेछ।एफपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको शेयर खरिद गर्न सक्नेछन्। यसका लागि उनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक, वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिनुपर्नेछ।

हालको अवस्थामा, विन नेपाल लघुवित्तको चुक्ता पुँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशतसम्म पुग्नेछ।

विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ कार्यरत रहेको छ।
 

बुधबार, १३ चैत्र २०८१, १० : ३०

प्रतिक्रिया