बैंक तथा वित्तीय संस्थामा निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बुधबार, १३ चैत्र २०८१, १० : ४२

काठमाडौं - नेपाल राष्ट्र बैंकले ४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ  रुपियाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा लगानी गर्ने भएको छ । 

राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रूपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा तीन अर्ब ६२ करोड ५५ लाख राष्ट्रिय स्तरका विकास बैंकहरुमा ६७ करोड ९७ लाख तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाहरुमा  २२ करोड ६५ लाख रुपैयाँ 

रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले चैत १५ गते बिहीबारसम्म निक्षेप लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । यो रकम तीन सय ६६ दिनका लागि राख्न सक्नेछन् ।

निक्षेप राख्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायतका सर्तहरू राष्ट्र बैंकले तोकेको छ ।


 

बुधबार, १३ चैत्र २०८१, १० : ४२

प्रतिक्रिया