काठमाडौं - नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजनीनामामा दिएसँगै ज्ञवाली कामु सीईओ बनेका हुन् । हाल उनी बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । साथै आजै बसेको बैठकले ज्ञवालीलाई कामूको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया