पालुंगोको सागमा भेटियो अत्यधिक विषादी

बुधबार, १३ चैत्र २०८१, १२ : ३४

काठमाडौं - भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको पालुंगोको सागमा अत्यधिक विषादी फेला परेको छ । 

उक्त सागमा ८३.६२५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । बुधवार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा सागमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

बुधबार, १३ चैत्र २०८१, १२ : ३४

प्रतिक्रिया