माछापुच्छ्रे बैंकका ग्राहकलाई द मेट्रोपोलिटन होटलमा विशेष छुट

बुधबार, १३ चैत्र २०८१, १७ : ०१

काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेड ले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मक्र्योर होटल) सँग साझेदारी गरेको छ । 

यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मक्र्योर होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरूले मक्र्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा  आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरू, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।
 

बुधबार, १३ चैत्र २०८१, १७ : ०१

प्रतिक्रिया