काठमाडौं - नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको गरेको छ। राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्न हब स्थापना गरेको जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यस हबको स्थापना वित्तीय क्षेत्रमा कार्यरत नवप्रवर्तकलाई विद्यमान नीतिगत र नियामकीय व्यवस्थाबारे जानकारी गराउन र तिनीहरूको नवप्रवर्तनलाई प्रोत्साहन गर्नका लागि गरिएको हो। साथै, यस हबले वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र ती प्रस्तावहरूले ल्याउन सक्ने अवसर र चुनौतीहरूको विश्लेषण गर्ने काम गर्नेछ।
डिजिटल फाइनान्स इनोभेसन हबले नियामक दृष्टिकोण, नन-बाइन्डिङ गाइडेन्स परामर्श र सुझाव प्रदान गर्नेछ। यसले नेपाल राष्ट्र बैंकसँगको सहज पहुँचलाई पनि विस्तार गर्ने र नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राख्दछ।
नियामक र अन्य सरोकारवाला निकाय र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिएको छ। यस प्रकारको सहकार्यले नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया