काठमाडौं - चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस २८ गतेको २८औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले सभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गरेकोले सोको अघिल्लो दिनसम्म कायम सेयरधनीको डिम्याट खातामा चैत १३ गतेदेखि बोनस शेयर पठाइएको जानकारी दिएको छ।
साथै हालसम्म पनि शेयर अभौतिक करण नगरेका सेयरधनीले अभौतिक करण गरेपछि डिम्याट खातामा स्वतः बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ।कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया