काठमाडौं - नेपाल एसबीआई बैंकका ग्राहकहरूले दुसित थानी, हिमालयन रिसोर्ट र होटेल क्रिस्टलमा छुट सुविधा पाउने भएका छन् ।
नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरूमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो ।
यस्तै,होटेल क्रिस्टल पशुपति, काठमाडौं बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक(सेल्स एण्ड मार्केटिङ)र सितु श्रेष्ठ बीच आदानप्रदान भएको थियो ।
सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैकको केन्द्रीय कार्यालयमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, बैंकका सल्लाहकार,छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया