काठमाडौं - जडिबुटीजन्य प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको पानस हर्वल उद्योगले पछिल्लो समय ब्लाक वयल, केश रानी र मसाज वयल जस्ता उपभोक्तामैत्री उत्पादनहरू बजारमा ल्याएको छ ।
अत्यन्त अग्र्यानिक प्रोडक्टहरु ल्याइरहेको पानसका ती उत्पादनहरुले बजारमा राम्रो छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ । पानसको पछिल्लो उत्पादन ब्लाक वयल कपाल झर्न रोक्न, कपालमा भएका चाँया हटाउन र कसै–कसैलाई कपाल समेत उम्रान सफल भएको कम्पनीले जनाएको छ ।
४५ वटा अग्र्यानिक जडिबुटीबाट बनेको सो तेलको बजारमा माग बढीरहेको कम्पनीले बताएको छ । त्यसलाई विदेशबाट पनि अर्डर आइरहेको कम्पनीका प्रबन्ध निर्देशकले बताएका छन् । त्यसैगरी पानसको अर्को हर्वल उत्पादन ‘केश रानी’ खास गरी कपाल उम्रान मद्धत गर्ने प्रोडक्ट भएको कम्पनीले बताएको छ । सो प्रोडक्टले कपाल झर्न पनि रोक्ने र कपालको सुन्दरता बढाउने छ ।
सो प्रोडक्ट प्रयोग गर्ने धेरै मानिसहरू सन्तुष्ट रहेको कम्पनीले बताएको छ । कम्नीका प्रबन्ध निर्देशक एन.के भुषालले भने ‘हाम्रा प्रोडक्टहरुको ग्राहक प्रतिक्रिया राम्रो छ । हामी औषधी व्यवस्था विभागमा दर्ता भएको कम्पनी पनि हौं । हामी ती प्रोडक्टहरुको बृहत् उत्पादनमा अब जान्छौ’ । पानसको मसाज वयल पनि बजारमा त्यत्तिकै लोकप्रिय रहेको छ । जसले शरीरको सम्पूर्ण जोर्नी दुखाइ, बाथरोगको दुखाइ, युरिक एसिडको दुखाई, मासंपेशीको दुखाई, नसाा झमझम गर्ने समस्या लगायतमा महत्त्वपूर्ण काम गर्दै आएको छ । शरीरका धेरै समस्याहरूमा मसाज वयल फलदायी हुने भुसालले बताए ।
यस कम्पनीको उत्पादन बाँके जिल्लाबाट हुँदै आएको छ भने बजार प्रबन्धनको काम चाबहिलमा रहेको कर्पोरेट कार्यालयबाट हुँदै आइरहेको प्रबन्ध निर्देशक भुसालले बताए ।
प्रतिक्रिया