काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोशी प्रदेश मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ ।
दलित, जनजाति, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई नि:शुल्क रुपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीहरूको पठनपाठनमा सहजता होस भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । विपन्न समुदायका विद्यार्थीहरूलाई सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया