वाडा अटो शो २०२५ मा तीन ईभी मोडल सार्वजनिक

आइतबार, १७ चैत्र २०८१, १४ : ०५

काठमाडौं - पोखराले ऐतिहासिक अटोमोटिभ क्षण अनुभव गर्‍यो, जब पहिलो पटक WADA अटो शो २०२५ पोखरामा आयोजना भयो। यो कार्यक्रम नेपालको विद्युतीय सवारी साधन बजारमा एक महत्त्वपूर्ण कोसेढुंगा साबित भएको छ। 

पोखरा महानगरपालिकाका सम्माननीय मेयर धनराज आचार्यद्वारा उद्घाटन गरिएको यस भव्य समारोहमा CG मोटर्सले आफ्ना तीन प्रमुख EV मोडेलहरू - Riddara 4WD, CG KYC नयाँ भर्सन, र AION V को आधिकारिक रूपमा सार्वजनिक अनावरण गर्‍यो। AION तथा XPeng ब्रान्डका लागि Rays Motors पोखराको आधिकारिक च्यानल पार्टनर हो भने TT Globals ले Riddara, CG KYC EV Van, तथा CG Motors अन्तर्गतका अन्य ब्रान्डहरू पोखरामा प्रतिनिधित्व गरिरहेको छ।

Riddara 4WD: नेपालको पहिलो १००% विद्युतीय पिकअप प्लेटफर्म
Riddara केवल गाडी होइन, यो नेपालको EV यात्रा भित्र एउटा नयाँ युगको सुरुवात हो। देशकै पहिलो १००% विद्युतीय पिकअप प्लेटफर्मको रूपमा, यसको 4WD संस्करणले ७३ kWh ब्याट्रीसहित ४२४ किमीको रेन्ज, ९५% ग्रेडएबिलिटी, र २२५ मिमी ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ। LED टेललाइट, विशेष Riddara फ्रन्ट ग्रिल, सात प्रिमियम बाह्य रंग र तीन आन्तरिक थिमहरूले यसको डिजाइनलाई शक्तिशाली र स्टाइलिस बनाउँछ।

यसमा विद्युतीय सनशेडसहितको प्यानोरामिक सनरूफ, अगाडि र पछाडिका भेन्टिलेटेड लेदर सिटहरू, र चारै पांग्रामा स्वतन्त्र सस्पेन्सन छन्। सुरक्षाका लागि ६ एयरब्याग, ५४० डिग्री सराउन्ड क्यामेरा, ADAS Level 2, र १५ उन्नत ड्राइभिङ्ग फिचरहरू (ACC, AEB, BSD, FDA, RCW, LKA) उपलब्ध छन्। ३०%-८०% चार्ज कम्तीमा ३० मिनेटमा हुने Rapid चार्जिङ प्रणाली, र ६kW पावर आउटलेट सहितको ट्रक बेडले यसलाई अझ व्यावहारिक बनाएको छ। Riddara नेपालमा GB/T चार्जिङ पोर्टसहित उपलब्ध छ।

KYC नयाँ भर्सन: नेपालको सर्वाधिक बिक्री हुने EV Van, अब झन् उत्कृष्ट
CG KYC EV अहिले Basic र Full Version मा उपलब्ध छ, जसले बहुउद्देश्यीय प्रयोग र आरामलाई नयाँ उचाइमा पुर्याएको छ। ५०kW मोटर, २७५ किमी रेन्ज, ३८.६४ kWh ब्याट्री, र ११ सिट क्षमता सहित, यो व्यावसायिक प्रयोजनका लागि अत्यन्त उपयुक्त EV Van हो।

Full Version मा थप गरिएको विशेषताहरूमा EPS, पावर विन्डोज, सेन्ट्रल लकिङ्ग, MP5 सिस्टमसहितको रियर भ्यू क्यामेरा, डुअल A/C, डुअल एयरब्याग, एलुमिनियम फ्लोरिङ्ग, मजबुत शक अब्सोर्बर, र चार्जिङ गन समावेश छन्। यो मोडेलले आफ्नो पहिचानलाई नेपालकै सबैभन्दा बढी बिक्री हुने EV Van को रूपमा अझ बलियो बनाएको छ। CG KYC पनि GB/T चार्जिङ पोर्टसहित उपलब्ध छ, जुन CG Motors अन्तर्गत नेपालको सबैभन्दा उच्च स्तरको चार्जिङ कम्प्याटिबिलिटी हो।

AION V: विलासिता र प्रदर्शनको उत्कर्ष
Rays Motors मार्फत पोखरामा बिक्री वितरण सुरु गरिएको AION V ले प्रिमियम EV सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गरेको छ। यो गाडी Elite (५२० किमी रेन्ज) र Luxury (६५० किमी रेन्ज) भर्सनमा उपलब्ध छ। Luxury संस्करणमा ८-प्वाइन्ट मसाज सिटहरू (ड्राइभर र अगाडि यात्रुका लागि) र इन-बिल्ट रेफ्रिजेरेटर जस्ता सेग्मेन्टमै पहिलो सुविधाहरू रहेका छन्।

यसमा Elite भर्सनमा ६४.५ kWh ब्याट्री र Luxury भर्सनमा ७५.२६ kWh ब्याट्री रहेको छ। साथै, १७५ मिमी ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि सशक्त बनाएको छ। AION V ले विलासिता, आराम र प्रदर्शनलाई एकसाथ ल्याउँदै EV यात्रा पुनः परिभाषित गर्छ।

CG चार्जिङ नेटवर्क र WADA अटो शोमा विशेष अफरहरू
CG Motors ले हालसम्म २६०+ चार्जिङ स्टेशनहरू नेपालभर सञ्चालनमा ल्याइसकेको छ, जसले सम्पूर्ण ग्राहकलाई सुविधा, पहुँच र भरपर्दो EV यात्रा सुनिश्चित गर्छ। अझ रमाइलो कुरा, WADA Auto Show 2025 मा रहेको CG Pavilion मा विशेष अफरहरू, exchange सुविधा, र शो-विशेष छुटहरू उपलब्ध छन्। इच्छुक ग्राहकहरूले थप जानकारीका लागि CG Pavilion मा सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

आइतबार, १७ चैत्र २०८१, १४ : ०५

प्रतिक्रिया