काठमाडौं - चितवनका एक किसानको बारीबाट कालीमाटी ल्याइएको तने बोडीमा अत्यधिक विषादी फेला परेको छ ।
उक्त तने बोडीमा विषादीको मात्रा (रोकावट प्रतिशत) ९२.४५ प्रतिशत विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । मंगलबार केन्द्रीय कृषि प्रयोगशालाले १२ वटा कृषि थोक बजारमा विषादीको जाँच गर्दा तने बोडीमा विषादी भेटिएको हो ।
बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
प्रतिक्रिया