काठमाडौं - हुलास फिन सर्भ लिमिटेडका महाप्रबन्धक समिर ठाकुर र नेपाल अटोमोटिभ व्यवसायी एशोसिएशनका अध्यक्ष खगेन्द्र सिंह बमको नेतृत्वमा एक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
यस बैठकमा वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियासहित अन्य कार्यसमिति सदस्यहरूको उपस्थितिमा सवारी साधनहरूको मूल्यांकन र संस्थासँग सम्बन्धित अन्य आवश्यक विषयहरूमा गहिरो छलफल गरिएको थियो।
प्रयोगमा रहेका सवारी साधनहरूको मूल्यांकन, कम्पनी दर्ता प्रक्रिया र सवारी साधनहरूको कारोबार गर्दा व्यवसायीहरूले भोगेका समस्याहरूको बारेमा विस्तृत चर्चा गरिएको थियो। महाप्रबन्धकले मूल्यांकन प्रक्रियाका क्रममा व्यवसायीहरूले भोगेका समस्याहरूको समग्र समीक्षा गर्दै यस वर्षभित्रै ती समस्याहरूको न्यायोचित समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस बैठकमा इलेक्ट्रिक सवारी साधनको लगानीको बारेमा पनि छलफल भएको थियो। महाप्रबन्धकले यस प्रस्तावलाई संस्थाको सञ्चालक समितिमा यथाशीघ्र निर्णयार्थ प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकको समापनमा महाप्रबन्धक समिर ठाकुर र अध्यक्ष खगेन्द्र सिंह बमले हुलास फिन सर्भ लिमिटेडको भविष्यमा अझ उन्नति र सफलता सुनिश्चित गर्न सबैलाई मिलेर काम गर्ने आह्वान गरेका छन् ।
प्रतिक्रिया