कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

विहीबार, २१ चैत्र २०८१, १० : २०

काठमाडौं - कुमारी बैंक लिमिटेडले सर्वसाधारणहरूले मात्र खरिद गर्न पाउने गरी १ हजार ४३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ । बैंकका अनुसार सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। 

साथै, संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै सेयर बिक्रीमा राखिसकिएको बैंकले जनाएको छ।

विहीबार, २१ चैत्र २०८१, १० : २०

प्रतिक्रिया