काठमाडौं- टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स (bZ3X) एसयूभी केही साता अगाडि नेपालमा सार्वजनिक गरेको थियो । उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो।
टोयोटाको ब्रान्ड रहेको भएपनि bZ3X विशेष गरी GAC Aion V मा आधारित छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ, तर यसको ब्याट्री प्रविधि भने फरक रहेको छ। यसले सार्वजनिक गरेको पहिलो घण्टामै १० हजार अर्डर प्राप्त गर्न सफल भएको थियो। त्यसकै कारण टोयोटाको सर्भर क्र्याससमेत भएको जानकारी दिइएको छ।
फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको: लम्बाइ: ४,६०० मिमि, चौडाइ: १,८५० मिमि, उचाइ: १,६०० मिमि, ह्वीलबेस: २,७६५ मिमि रहेको छ। टोयोटाले दाबी अनुसार, bZ3X मा प्रयोग भएका ६५% पार्ट्स GAC सप्लायर्सबाट आपूर्ति गरिएको हो। चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र GAC को संयुक्त परियोजनामा बनेको हो।
नेपालको सन्दर्भमा, GAC Aion ब्रान्डको आधिकारिक वितरक CG मोटर्स रहेको छ। यस अन्तर्गत Aion Y र Aion V जस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन्। नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले CG मोटर्सले Aion V दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो। Aion V को विशेषता: लम्बाइ: ४,६०५ मिमि, चौडाइ: १,८५४ मिमि, उचाइ: १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स: १८५ मिमि, ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ।
अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ। लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ। प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ। सुरक्षाका हिसाबले यसमा ७ वटा एयरब्याग उपलब्ध छन्। Aion V को सुरुवाती मूल्य रु ६४.९९ लाखदेखि राखिएको छ।
प्रतिक्रिया