४० प्रतिशत सम्म क्यासब्याक दिन एलजी नेपालको अफर

आइतबार, २४ चैत्र २०८१, ११ : ४५

काठमाडौं - एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ।
 
“४० वर्षदेखि घरघरमा एलजी” भन्ने नारासहित सुरु गरिएको योजनामा उपभोक्ताहरूले ४० प्रतिशत सम्मको क्यासब्याक पाउन सक्ने कम्पनीको भनाइ छ । साथै, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

एलजी नेपालका उत्पादनहरू टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुने जनाइएको छ । 
 

आइतबार, २४ चैत्र २०८१, ११ : ४५

प्रतिक्रिया