काठमाडौं– नेपाली बजारमा कम्प्याक्ट इलेक्ट्रिक SUV वर्गमा Deepal S07, Aion V, BYD Atto 3, OMODA र Jaecoo जस्ता मोडेलहरूबीच प्रतिस्पर्धा बढिरहेको छ ।
यी सबै मोडेलहरूले आ-आफ्नो डिजाइन, प्रविधि, दायरा (रेञ्ज), भित्रको सुविधाजनक बनावट, र मूल्यमा फरकपन प्रस्तुत गरेका छन्।
Deepal S07:
Deepal S07 एक स्टाइलिस र आधुनिक डिजाइन भएको क्रसओभर SUV हो। यसको लम्बाइ 4,750 मिमि, चौडाइ 1,930 मिमि र उचाइ 1,625 मिमि रहेको छ। 2,900 मिमिको व्हीलबेसले यसलाई भित्री रूपमा निकै फराकिलो बनाएको छ।
15.6 इन्चको स्विभल टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र प्यानोरामिक सनरुफ जस्ता फिचरहरू यसमा छन्। यसमा 99 kW क्षमताको रियर-माउन्टेड मोटर छ, जसले 320 Nm टर्क दिन्छ। 66.8 kWh ब्याट्रीले 410 किमि सम्मको WLTP रेञ्ज प्रदान गर्छ। DC फास्ट चार्जिङ सपोर्टले 30% देखि 80% चार्ज गर्न 35 मिनेट लाग्छ। मूल्य भने NPR 74.99 लाख निर्धारण गरिएको छ।
Aion V:
Aion V आफ्नो फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका लागि परिचित छ। यसको लम्बाइ 4,605 मिमि र ग्राउन्ड क्लियरेन्स 185 मिमि रहेको छ। यसले 7.9 सेकेन्डमा 0-100 किमि प्रतिघण्टा गति लिन सक्छ। यसमा 7 एयरब्याग, 15 ड्राइभर असिस्ट फिचर, हिटेड र भेन्टिलेटेड सिटहरू, स्मार्ट रेफ्रिजरेटर, र फुड वार्मर समेत उपलब्ध छन्। मूल्य भने NPR 64.99 लाखदेखि 69.99 लाखसम्म राखिएको छ।
BYD Atto 3:
BYD Atto 3 एक स्टाइल र उपयोगिताको सन्तुलन भएको SUV हो। यसको लम्बाइ 4,455 मिमि र ग्राउन्ड क्लियरेन्स 175 मिमि छ। 12.8 इन्चको घुम्ने टचस्क्रिन, वायरलेस चार्जिङ, र प्रिमियम अडियो सिस्टम यसमा पाइन्छ। 100 kW मोटरले 310 Nm टर्क दिन्छ भने 60.48 kWh ब्याट्रीले 420 किमि रेञ्ज दिन्छ। मूल्य NPR 67.80 लाख रहेको छ।
OMODA:
OMODA 99 kW मोटरसहित 61 kWh ब्याट्रीमा आधारित SUV हो जसले 430 किमिको दायरा प्रदान गर्छ। यसको लम्बाइ 4,400 मिमि र ग्राउन्ड क्लियरेन्स 180 मिमि छ। मूल्य भने NPR 62.49 लाख रहेको छ। भित्रको भागमा उच्च गुणस्तरको लेदर, एम्बियेन्ट लाइटिङ, र आधुनिक प्रविधिहरू समेटिएका छन्।
Jaecoo 6:
Jaecoo 6 ले अफ-रोड क्षमतामा ध्यान दिएको SUV हो। यसमा 135 kW मोटर र 65.69 kWh ब्याट्री छ, जसले 426 किमि रेञ्ज दिन्छ। ग्राउन्ड क्लियरेन्स 200 मिमि रहेको यो SUV नेपाली बाटोको लागि उपयुक्त मानिन्छ। मूल्य NPR 69.99 लाखबाट सुरु हुन्छ।
यस्तो छ यी SUV हरुबीचको तुलना:
रेञ्ज: Aion V ले सबैभन्दा बढी 650 किमि रेञ्ज दिन्छ, Jaecoo र OMODA ले क्रमशः 426 र 430 किमि रेञ्ज प्रदान गर्छन्।
मूल्य: सबैभन्दा सस्तो OMODA (Rs. 62.49 लाख) हो भने Deepal S07 सबैभन्दा महँगो (Rs. 74.99 लाख) छ।
ग्राउन्ड क्लियरेन्स: Aion V (185 मिमि) र Jaecoo (200 मिमि) ले अगाडि छन्, जसले नेपाली सडकका लागि उत्कृष्ट बनाउँछ।
सुविधा: Aion V ले massage सीट, रेफ्रिजरेटर, 7 एअरब्याग जस्ता प्रिमियम सुविधा दिँदा अन्य मोडेलहरू यसमा पछि छन्।
प्रतिक्रिया