कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

सोमबार, २५ चैत्र २०८१, १५ : ३१

काठमाडौं - अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । 

 

सोमबार, २५ चैत्र २०८१, १५ : ३१

प्रतिक्रिया