नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

सोमबार, २५ चैत्र २०८१, १५ : ५४

काठमाडौं - नेप्सेमा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा नागरिक लगानी कोष, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र राधी विद्युत् कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा नागरिक लगानी कोषको ७ प्रतिशत बोनस बापत ४२ लाख ४० हजार ३७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ प्रतिशत बोनस शेयर बापत १८ लाख ८६ हजार ५२६।४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.५० प्रतिशत  बोनस शेयर बापत ३ लाख ५३ हजार ७०५।६५२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

राधी विद्युत् कम्पनी लिमिटेडको ४.७५५ बोनस शेयर बापत ८लाख ३३ हजार ९०४.७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

सोमबार, २५ चैत्र २०८१, १५ : ५४

प्रतिक्रिया