काठमाडौं– सीजी मोटर्सले नेपालमा बिक्री गरिरहेको किङलङ ब्रान्डको इलेक्ट्रिक गाडी जगदम्बा मोटर्सले पनि बिक्री गर्ने भएको छ । सीजी मोटर्सले १४ र १९ सिटर ईभी भ्यान बिक्री गरिरहेको भने जगदम्बाले पिकअप बिक्री गर्न लागेको हो ।
जगदम्बा मोटर्सले भन्सार प्रयोजनका लागि बिहीबार किङलङ ईभी पिकअपको बिक्री मूल्य सार्वजनिक गरेको हो । कम्पनीले किङलङको एक्सएमक्यू १०३० सिरिजको पिकअप भ्यान ल्याउन अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। कम्पनीले इलेक्ट्रिक पिकअप भ्यानको मूल्य ४८ लाख रुपैयाँ तोकेको छ।यसमा १२० किलोवाट क्षमताको मोटर तथा ५९ किलोवाट क्षमताको ब्याट्री छ ।
जगदम्बा मोटर्सले यसअघि टीभीएस, प्रोटोन लगायतका सवारी साधन बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया