काठमाडौं - नेपाल राष्ट्र बैंकले आम नागरिकलाई वित्तीय ठगी, चोरी र अपराधबाट जोगिन सतर्कता अपनाउन अपिल गरेको छ।
‘सस्तोमा मोबाइल पठाइदिन्छु’, ‘तपाईँलाई चिठ्ठा पर्यो’, ‘पार्सल आयो’, ‘रकम डबल हुन्छ’, ‘क्रिप्टो किन्नुस्’, ‘नोकरी लगाइदिन्छु’, ‘लगानी गर्नुहोस्’ जस्ता आकर्षक मेसेजहरूले सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउने अवस्था आउने केन्द्रीय बैंकल जनाएको छ । नेपाल राष्ट्र बैंकले यस्तो मेसेजमा छलकपट र झूटा सूचना लुकेको हुनसक्ने चेतावनी दिएको छ।
बैंकका अनुसार, यदि नागरिकले यस्ता सन्देशहरूलाई विश्वास गरेर आफ्नो गोप्य विवरण, नागरिकता जस्ता महत्वपूर्ण कागजात दिए भने उनीहरूलाई ठुलो आर्थिक नोक्सानी हुन सक्ने सम्भावना रहेको छ। यसो गर्दा केवल सम्पत्ति कमाउने सम्भावना नपाइने, बरु आफ्नो मेहनतले कमाएको धन गुमाउन सकिनेछ।
नेपाल राष्ट्र बैंकले सबै नागरिकलाई यस्ता सन्देशहरूको प्रति सतर्कता अपनाउन र कुनै पनि आर्थिक कारोबार गर्नु अघि राम्रोसँग सोचविचार गर्न आग्रह गरेको छ। यदि यस प्रकारको मेसेज प्राप्त भएमा त्यसलाई नजरअन्दाज गर्न र सबै प्रकारको अनलाइन वित्तीय कारोबार गर्दा विश्वसनीय र आधिकारिक स्रोतबाट मात्र सेवा प्राप्त गर्न महत्त्वपूर्ण छ।
साथै, बैंकले सूचना सुरक्षा र गोपनीयता कायम राख्नका लागि डिजिटल सेवाहरूको प्रयोगमा विशेष ध्यान दिन र अनलाइन ठगीबाट बच्न व्यक्तिगत विवरणहरू सुरक्षित राख्न सल्लाह दिएको छ।
प्रतिक्रिया