काठमाडौं- पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी)प्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । इन्धन पनि खर्च नहुने र वातावरण पनि प्रदुषण कम हुने भएको उपभोक्ताकोे आकर्षण विद्युतीय गाडीप्रति ह्वात्तै बढेको हो ।
विद्युतीय गाडी कम्पनीहरुले गरेको लोभलाग्दो विज्ञापनमा परी उपभोक्ता गाडी किन्न लालायित हुने गरेका छन् । तर, विद्युतीय गाडीको एक अध्यारो पक्षबारे थाहा नहुँदा उपभोक्ता ठगिएको पाइएको छ । विद्युतीय गाडीको खरिद मूल्य भन्दा मर्मत खर्च तीन गुणा बढी लाग्ने गरेको तथ्य खुलेको हो ।
विद्युतीय गाडीको वास्तविकता थाहा नपाएर खरिद गर्दा उपभोक्ता घर न घाटको हुने गरेका छन् । विद्युतीय गाडीका जति सकारात्मक पक्ष छन् त्यति नै नकारात्मक र डरलाग्दा पाटो पनि उजागर भइरहेको छ। विद्युतीय गाडीमा इन्धन नचाहिने भए पनि यसमा कमसल खालको पाटपुर्जा प्रयोग भएकाले मर्मत खर्च तीन गुणा बढी बढी लाग्ने हुँदा उपभोक्ताको ढाड सेकिने गरेको छ । विद्युतीय गाडीको भड्किलो र आक्रमक प्रचारकोे विश्वास गरे गाडी खरिद गर्ने अधिकांश व्यक्तिहरुको अहिले बेहाल भएको छ ।
यो पनि पढ्नुस्
इभी गाडीको ब्याट्री व्यवस्थापनमा चुनौती, आयातमा कर छली
गत असोज १२ मा आएको बाढीका कारण राजधानी लगायत देशभरी धनजनको ठूलो क्षति भयो । बाढीमा परी उत्पकामा पनि सयौं गाडीमा क्षति पुग्यो । बाढी आएको दिन असोज १२ गते राजेश न्यापानेले आफ्नो गाडी हाउजिङमा पार्किङ गरेर राखेका थिए । उनले केही महिनाअघि मात्रै सेरेज बा्रण्डको विद्युतीय गाडी खरिद गरेका थिए । उक्त बाढीमा परी न्यौपानेको गाडीमा क्षति पुग्यो । डुबेपछि उनले गाडी कम्पनी एमएडब्लु श्रीवृद्धिलाई खबर गरे । असोज १३ मा कम्पनीका मान्छे गाडी डुबेको ठाउँमा पुगे । त्यसपछि डुबेको कारलाई झिकेर असोज १५ मा वर्कशपमा लगियो । कम्पनीले इन्सुेरेन्स कम्पनीलाई जानकारी गराए मात्र मर्मत गर्ने जानकारी ग¥यो ।
त्यतिबेला दसैंको माहालो भएकाले राजेश आफ्नो घर चितवनतिर लागे । त्यसपछि कार्तिक १२ देखि १४ को बीचमा गाडीको सबै पाट पुर्जाको फोटो खिचेर निको इन्सुरेन्स कम्पनीमा पठाइयो । इन्सुरेन्स कम्पनीले गाडी मर्मतमा लाग्ने सबै खर्चको हिसाव किताब ग¥यो । त्यसपछि सबैलाई चकित पार्ने तथ्य खुलासा भएको हो ।
५३ लाखमा किनेको गाडीको मर्मत खर्च १ करोड ५० लाख आयो र गाडी मर्मत गर्ने कम्पनीले गाडीको मुल्य भन्दा पाटपुर्जा मंहगो पर्ने जनायो । विमा कम्पनीले गाडी मर्मतका लागि लाग्ने खर्च तिर्न नसक्ने बतायो । विमा कम्पनी मर्मत खर्च ब्यहोर्न नसक्ने भन्दै गाडीको खरिद मूल्यबाट २० प्रतिशत खर्च कटाएर क्षतिपूर्ति दियो । विमा कम्पनीले क्षति पुगेको गाडी न्यापानेलाई नै फिर्ता ग¥यो । यसबाट ठूलो हैरानी खेपेपछि बल्ल २० प्रतिशत खर्च कटाएर क्षतिपुर्ति पाएका न्यापानेले विद्युतीय गाडीको मर्मत खर्च तीन गुणा बढी लागेको पत्तो पाए ।
यस्तै गाडीको पाटपुर्जा बारे सुरुमा नै जानकारी नहुँदा बीमा कम्पनी पनि अप्ठेरोमा परेको बताउँछन् । आजको अर्थको सम्पर्कमा आएका एक जना इभीका व्यापारीले नाम नखुलाउने शर्तमा हाल बिक्री भइरहेका सबै गाडीमा यस्तै समस्या आएको बताए ।
विद्युतीय गाडी सस्तो मूल्यमा पाइने भएपनि समानमा भन्सार लाग्ने कारणले मर्मत खर्च तीन हुने गरेको जानकारहरुको भनाइ छ । न्यौपाने त एक प्रतिनिधि उदाहरण मात्र हुन । विद्युतीय गाडी खरिद गेरेर पछुताउनेको जमाना ठूलै छ ।
डिजल र पेट्रोल खर्च नहुने भन्दै खरिद खरिएका विद्युतीय गाडीमा कमसल खालको पाटपुर्जा हुँदा उपभोक्ता हैरानी खेप्न बाध्य छन् । विद्युतीय गाडी मर्मत गर्न तीन गुणा भन्दा बढी खर्च लाग्ने भएपछि उपभोक्ताको को यसप्रति मोहभंग हुने क्रम बढ्न थालेको छ ।
प्रतिक्रिया