राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ देखि खुल्ने

बुधबार, २७ चैत्र २०८१, १२ : ०९

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी वैशाख ७ गतेदेखि आरबीबीएल डिबेन्चर २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले  ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७ प्रतिशत ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये बैंकले १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।
बैंकले बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

यसमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। निष्कासन बन्द छिटोमा वैशाख १० र ढिलोमा वैशाख २१ गते हुनेछ। बैंकलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एप्लस’ इस्यूअर रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त र कर्जा जोखिम न्यून भएको संकेत गर्छ।

 बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

बुधबार, २७ चैत्र २०८१, १२ : ०९

प्रतिक्रिया