काठमाडौं - चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले उल्लेखनीय नाफा आर्जन गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, बैंकहरुले जम्मा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ रहेको थियो। यस वर्ष सो नाफा करिब १ अर्ब १९ करोडले वृद्धि भएको छ।
समीक्षा अवधिमा नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बन्न सफल भएको छ। बैंकले फागुन मसान्तसम्ममा ४ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले ४ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ८ करोड रुपैयाँ, एभरेष्ट बैंकले ३ अर्ब ८८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ५० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
त्यस्तै, चालु आर्थिक वर्षको फागुसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब ११ करोड ५० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
साथै, नेपाल एसबीआई बैंकले १ अर्ब २४ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड २२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब १६ करोड १६ लाख रुपैयाँ, कुमारी बैंकले ९६ करोड ९१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ८१ करोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकले ७३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
प्रतिक्रिया