काठमाडौं- यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतिक्षित "यामाहा ब्लू फेस्ट" आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। एक सातासम्म चल्ने यो एक्सचेन्ज तथा मोटो उत्सव २०८२ वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ।
नेपालकै सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारी एक्सचेन्ज कार्यक्रममध्ये एक मानिएको "यामाहा ब्लू फेस्ट" ले बाइकप्रेमीहरूका लागि रोमाञ्चक अवसरहरू ल्याएको छ। कार्यक्रममा सहभागीहरुले आकर्षक अफर र अनुभव प्राप्त गर्न सक्ने यामाहाले जानकारी दिएको छ ।
कुनै पनि ब्रान्डको बाइक साट्न सकिने सुविधा
यामाहा बाइक वा स्कुटरमा न्यूनतम रू. ५०,००० को मूल्याङ्कन
अन्य ब्रान्डका बाइकहरूमा पनि न्यूनतम रू. २५,००० को मूल्याङ्कन (ट्याक्स क्लियरेन्स आवश्यक)
एक्सचेन्जमा थप रू. १०,००० बोनस
७.९९% फाइनान्सिङ (ग्यारेन्टर बिना)
‘थ्रिल अफ थ्री’ योजना अन्तर्गत रू. १,००,००० सम्मको नगद छुट जित्ने अवसर
विज्ञापन सेयर गरेर रू. १,००० जित्न सकिने
स्क्रिनसट देखाएर रू. ५०,००० सम्म छुट प्राप्त गर्न सकिने
यामाहा खरिद गरी रू. १,००,००० सम्मको नगद छुट जित्न सकिने
यामाहा आफ्नो स्टाइल, परफर्मेन्स र विश्वसनीयताको लागि चिनिएको ब्रान्ड हो। कार्यक्रममा RayZR 125FI Hybrid, R15 V4, MT-15 V2, FZ V3 Series, Aerox 155, र WR155R जस्ता लोकप्रिय मोडलहरू प्रदर्शन गरिनेछ। यी सबै बाइकहरू जापानी प्रविधिमा आधारित छन्, जसले सुरक्षित र रोमाञ्चक राइड सुनिश्चित गर्छ।
स्मार्ट हेल्मेट जित्ने डुअर प्राइजहरू
टेस्ट राइडमा सहभागी भएर उपहार जित्ने अवसर
गेमिङ जोन र फेस पेन्टिंग
महेश काफ्ले र अस्मिता अधिकारीको विशेष लाइभ प्रस्तुति
निःशुल्क एक्सेसरिज
प्रतिक्रिया