काठमाडौं - विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार एक परिपत्र जारी गर्दै यस्तो सहुलियतपूर्ण व्यवस्था ल्याएको हो । हालसम्म बैंक तथा वित्तीय संस्थाले ग्राहकको राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको आधारमा मात्रै खाता खोल्ने व्यवस्था गर्दै आएका थिए।
नयाँ व्यवस्थाअनुसार विदेशमै रहेका नेपालीले अन्य आवश्यक प्रमाणहरू संलग्न गरी खाता खोल्न सक्नेछन्। तर, यस्ता खातावालाहरू नेपाल फर्किएको ३५ दिनभित्रमा सम्बन्धित वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, नेपालमै रहेका अशक्त, असहाय तथा हेरचाह गर्न नसक्ने व्यक्तिका लागि पनि राष्ट्रिय परिचयपत्र वा सोको नम्बर नभए अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न सकिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया