मिडेयाद्वारा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ’ अफरको घोषणा

विहीबार, २८ चैत्र २०८१, १५ : २९

काठमाडौं - घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ’ अभियान सुरु गरेको घोषणा गरेको छ।

यो अभियानमा ग्राहकहरूले विभिन्न अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान पाउनेछन् । ग्राहकहरूले बम्पर लक्की ड्रमा भाग लिई मिडेया ५१९ लिटर मल्टि-डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्न सक्छन् । मासिक लक्की ड्रमा मिडेया ८ किलो वासिङ मेसिन, र सुनिश्चित पुरस्कारको रूपमा वासिङ मेसिन र डीडी रेफ्रिजेरेटर राइस कुकर पाउन सक्छन्। 

थप पुरस्कारहरूमा साइड बाई साइड मल्टी डोर रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिलरकन्भेक्सन माइक्रोवेभ ओभनमा खाना पकाउने किट, र डिसवासरमा २ डिसवासर ट्याब्लेटहरू समावेश छन्। साथै, ग्राहकहरूले आफ्नो खरिदमा ३७,७०० नेरु सम्मको क्यासब्याकको मजा लिन सक्छन्।

भाग लिनको लागि, ग्राहकहरूले अभियान सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरी, आफ्नो खरिद दर्ता गर्नुपर्नेछ र यी उत्कृष्ट पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्न सक्छन्।

विहीबार, २८ चैत्र २०८१, १५ : २९

प्रतिक्रिया