काठमाडौं– बीएडब्लुको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले आफ्नो मिनि कार ब्रम्बीमा भारी छुट दिने भएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा ब्रम्बी किन्दा २ लाख ९१ हजार नगद छुट दिने बताएको छ ।
कम्पनीले २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सिमीत स्टकलाई १९ लाख ९९ हजारमै बिक्री सुरु गरेको हो ।
बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीले जानकारी दिएको छ ।
होम एसी चार्जरले चार्ज गर्न सकिने कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम रहेको छ भने १५५–६५आर१३ साइजको टायर रहेको छ ।
सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।
यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।
प्रतिक्रिया