नागरिक विद्रोह सचिवालयले बनायो राष्ट्रवादी नेपाली पात्रो

शुक्रबार, २९ चैत्र २०८१, १० : २४

काठमाडौं- राष्ट्र र राष्ट्रियता जोगाउने अभिभारा अब आम नेपाली नागरिकमा आएको र यो विचारलाई प्रत्येक आम नागरिकको घरघरमा पुर्याउने उद्देश्यका साथ राष्ट्रवादी नेपाली पात्रो तयार पारिएको छ । 

नागरिक विद्रोह सचिवालय सदस्य एवं सम्पर्क प्रमुख चिरञ्जीवी भट्टराईले यही शनिबार चैत्र ३० गते एलो पेगोडा होटल काठमाडौंमा उक्त नेपाली पात्रको विमोचन गरिने जनाए । विमोचनमा समाजका विशिष्ट व्यक्तिहरू, राजनीतिक व्यक्तिहरू एवं स्वतन्त्र विचारकहरुलाई विशिष्ट अतिथिको रुपमा बोलाइएको जानकारी पनि भट्टराईले दिएका छन् ।

पात्रोलाई पहिलो चरणमा तीन लाखसम्म वितरण गर्ने र दोश्रो चरणमा त्यसलाई बढाएर १० लाखसम्म पुर्याउने नागरिक विद्रोह सचिवालय ले जनाएको छ । 

शुक्रबार, २९ चैत्र २०८१, १० : २४

प्रतिक्रिया