काठमाडौं- इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।
“सुपर सेभ अफर' अन्तर्गत ग्राहकहरूले सुनराका विभिन्न स्कुटर मोडेलहरूमा रु.६० हजार सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
अफरमा के.५ मोडेल रु. १ लाख ६९ हजार ९०० मा, रोबो–ए रु. ३ लाख २० हजार ९०० र एचडब्युएके रु.२ लाख ३६ हजार ९०० मा उपलब्ध रहेको कम्पनीको भनाइ छ । साथै, प्रत्येक स्कुटरमा निःशुल्क बीमा, फ्री हेल्मेट र रोड ट्याक्स कम्पनीले तिर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया