नेपाल ल्युब आयलले हकप्रद सेयर जारी गर्न सेबोनसँग माग्यो अनुमति

शुक्रबार, २९ चैत्र २०८१, १५ : २३

काठमाडौं- नेपाल ल्युब आयलले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा हकप्रद सेयर जारी गर्न अनुमति माग्दै निवेदन दिएको छ। 

सेबोनले अनुमति दिएमा कम्पनीले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्नेछ।

उत्पादन तथा प्रशोधन समूहतर्फको यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ करोड ८५ लाख ८८ हजार ४० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

शुक्रबार, २९ चैत्र २०८१, १५ : २३

प्रतिक्रिया