वैशाखका लागि अधिकांश बैंकको ब्याजदर स्थिर, कुनको कति ?

आइतबार, ३१ चैत्र २०८१, ११ : १६

काठमाडौं - वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । २० वटा वाणिज्य बैंकहरूमध्ये १६ वटाले चैत महिनाको ब्याजदरलाई वैशाखमा पनि यथावत् राख्ने निर्णय गरेका छन्। बाँकी ४ वटामध्ये ३ वटाले ब्याजदर घटाएका छन् भने १ वटाले बढाएको छ।

ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन्। कुमारी बैंकले अब व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५।९२ प्रतिशत ब्याज दिनेछ भने संस्थागततर्फ ४।९२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि उक्त बैंकले व्यक्तिगततर्फ ६।०१ प्रतिशत ब्याज दिँदै आएको थियो।

सानिमा बैंकले ब्याजदर घटाएर वैशाखमा व्यक्तिगततर्फ ५।९५ प्रतिशत र संस्थागततर्फ ४।२ प्रतिशत ब्याज दिने जनाएको छ। नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाउँदै ५।१५ प्रतिशत पुर्‍याएको छ।

त्यस्तै, ब्याजदर बढाउने बैंकमा एभरेष्ट बैंक रहेको छ।  बैंकले वैशाख महिनामा ब्याजदर बढाउँदै ६।६१ प्रतिशत पुर्‍याएको छ, जुन चैतमा ६ प्रतिशत थियो।

चैत महिनाका ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा ग्लोबल आईएमई बैंक (६%), कृषि विकास बैंक (५.५१%), हिमालयन बैंक (५.५%), लक्ष्मी सनराइज बैंक (५.७५%), माछापुच्छ्रे बैंक (६%), एनएमबि बैंक (६.६०%), प्राइम कमर्सियल बैंक (६.२५%), प्रभु बैंक (६.१०%), राष्ट्रिय वाणिज्य बैंक (६%), नेपाल एसबीआई बैंक (५.५%), सिद्धार्थ बैंक (६%) र स्ट्यान्डर्ड चार्टर्ड बैंक (६.२५%) छन्।

आइतबार, ३१ चैत्र २०८१, ११ : १६

प्रतिक्रिया