काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गरिनेछ।
सो मुद्दती निक्षेप ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म ३६६ दिनका लागि हुनेछ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी ३ वैशाख साँझ ७ बजेभित्र आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया