नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर लिलामीमा आउँदै

सोमबार, ०१ बैशाख २०८२, १० : ११

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा राखिने भएको छ।

बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत वैशाख २ गतेबाट बिक्रीमा राखिने भएको हो। यो सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। लिलामीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्साल नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा वैशाख ९ गते दिउँसो ३ बजेसम्म बोलपत्र पेस गर्न सकिने बैंकले जानकारी दिएको छ । 
 

सोमबार, ०१ बैशाख २०८२, १० : ११

प्रतिक्रिया