राष्ट्र बैंकले पेन्सन कोषको ९७ करोड लगानी गर्ने

सोमबार, ०१ बैशाख २०८२, १२ : ४८

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव गरेको छ । 

राष्ट्र बैंकले सूचना जारी गर्दै उक्त कोषको ९७ करोड रुपैयाँ इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई  प्रस्ताव गरेको हो ।

यसमध्ये क वर्गका वाणिज्य बैंकमा  ७७ करोड ७६ लाख रुपैयाँ, ख वर्ग स्तरका विकास बैंकमा १४ करोड ५५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड ८५  लाख रुपैयाँ लगानी गर्न योग्य रकम रहेको जनाएको छ । 

उक्त लगानी योग्य रकम प्राप्त गर्नका लागि बैंक तथा  वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा हुनुपर्ने जनाइएको छ । 

साथै बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको साथै निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खूद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
 

सोमबार, ०१ बैशाख २०८२, १२ : ४८

प्रतिक्रिया