केटीएमको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक

सोमबार, ०१ बैशाख २०८२, १३ : २८

काठमाडौं- केटीएमको नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर भारतमा सार्वजनिक भएको छ । ३९० इन्डुरो आर टु–पीस स्टिल ट्रेलिस फ्रेममा आधारित रहेको छ । हाल ३ लाख ३६ हजार भारु तोकिएको यसको मूल्य नेपाल आउँदा १० लाख हाराहारी पर्ने अनुमान गरिएको छ । 

२५ एमएम ह्यान्डलबार राइजर र सब–फ्रेम माउन्ट दिइएको यस मोटरसाइकल विशेष गरी अफ–रोड प्रयोगको लागि इन्जिनियर गरिएको हो ।

३९० इन्डुरो आरमा थर्ड जेनेरेशन केटीएम ३९० मा प्रयोग भएको उही ३९९ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । उक्त इन्जिनमा सानो सिलिन्डर हेड, नयाँ इन्धन इन्जेक्टरहरू, पुनः डिजाइन गरिएको एयरबक्स र नयाँ एक्जस्टका साथ ठूलो भल्व कभर रहेको छ । साथै यसको गियरवक्समा समेत सुधार गरिएको छ ।

यसमा स्लिपर क्लच, क्विक शिफ्टर प्लस सिस्टम, एबीएस, युएसबी–सी चार्जिङ पोर्ट, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू सहितको नयाँ ४.२–इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।

केटीएमको यो मोटरसाइकल नेपाली बजारमा केही समयपछि उपलब्ध हुनेछ । केटीएमलाई नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको छ । 

सोमबार, ०१ बैशाख २०८२, १३ : २८

प्रतिक्रिया