काठमाडौं- केटीएमका मोटरसाइकलहरू सहुलियत फाइनान्स सुविधामा खरिद गर्न सकिने भएको छ । कम्पनीले ल्याएको नयाँ वर्ष अफरअन्तर्गत केटीएमका मोटरसाइकल नागरिकताकै आधारमा किन्न सकिने भएको हो ।
नेपालका लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हसंराज हुलासचन्द एण्ड कम्पनीले आफ्ना नयाँ ग्राहकहरूलाई मध्ये नजर गर्दै सहुलियत फाइनान्स स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको यस फाइनान्स स्कीम अनुसार ग्राहकले केटीएमको जुनसुकै मोडलका मोटरसाइलकल ४० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर घर लैजान सक्ने छन् । बाँकी ६० प्रतिशत रकम ग्राहकले ३ वर्षसम्म मासिक किस्तामा तिर्न पाउने छन् ।
यसका अलावा कम्पनीले एक्सचेन्जमा पनि सुविधा दिएको छ । एक्सचेन्ज अन्तर्गत ग्राहकले आफूसँग भएको जुनसुकै पुराना मोटरसाइकलसँग केटीएम मोटरसाइकलको एक्स्चेन्जमा १५ हजार रुपैयाँ थप मूल्याङकन पाउने छन् ।
कम्पनीले मोटरसाइकल खरिद गरेका ग्राहकलाई बोनसको रूपमा एउटा ब्राण्डेड हेल्मेट र केटीएम गिफ्ट प्याक पनि प्रदान गर्ने जनाएको छ । यो अफर केटीएमको देशभर रहेका आधिकारिक शोरुमहरूमा उपलब्ध छ ।
प्रतिक्रिया