नेपाल एसबिआई बैंकको सञ्चालकमा भण्डारी नियुक्त

मंगलबार, ०२ बैशाख २०८२, १२ : २८

काठमाडौं- नेपाल एसबिआई बैंकको सञ्चालकमा राजेन्द्र भण्डारी नियुक्त भएका छन् । 

बैंकको चैत ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले भण्डारीलाई कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा वैकल्पिक सञ्चालकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकको संस्थागत शेयरधनी, कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको वैकल्पिक सञ्चालकको रुपमा भण्डारीलाई मनोनित गरी पठाए बमोजिम उनी नियुक्त भएका हुन् ।

यसअघिका वैकल्पिक सञ्चालक नवराज पौडेल सोही मितिबाट लागू हुनेगरी पदबाट हटेका थिए।

मंगलबार, ०२ बैशाख २०८२, १२ : २८

प्रतिक्रिया