इसेवा र नेपाल एसबिआई बैंकबीच साझेदारी

मंगलबार, ०२ बैशाख २०८२, १२ : ४१

काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबार सम्बन्धी सेवा दिनका लागि साझेदारी भएको छ । 

यस साझेदारीपश्चात अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआई बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । दुवै संस्थाका ग्राहकलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यका साथ एक औपचारिक कार्यक्रमकाबीच दुवै कम्पनीका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् ।

यस साझेदारी पश्चात अब नेपाल एसबिआई बैंकको ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताले आफ्नो इसेवा वालेटमा भएको रकम नेपाल एसबिआई बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।

यसै साथ अब इसेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ । नेपाल एसबिआई बैंक पनि इसेवामा आवद्ध भए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस सम्झौताले ग्राहकको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने उल्लेख गरिएको छ । 

मंगलबार, ०२ बैशाख २०८२, १२ : ४१

प्रतिक्रिया