लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

मंगलबार, ०२ बैशाख २०८२, १६ : १०

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्चशिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ । 

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोहीकामी रिता शेर्पाले लगिसकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेपालाई हस्तान्तरण गरे । 

पर्वतारोही शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास बैंक मा“निरन्तर सहयात्री”बनी आबद्ध छन् । यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाजतथा सम्पूर्ण नेपालको लागि ३१औं आरोहण गर्न लागेको र उनको साहसिक कार्यले लुम्बिनी विकास बैंकलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।

देशका ७ वटै प्रदेशमाशाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखाकार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
 

मंगलबार, ०२ बैशाख २०८२, १६ : १०

प्रतिक्रिया