एनआईसी एशिया बैंकको नयाँ वर्ष उपहार योजनामा आइफोन १६ जित्ने अवसर

मंगलबार, ०२ बैशाख २०८२, १६ : ४२

काठमाडौं- नयाँ वर्ष २०८२ को अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘नयाँ वर्षको नयाँ शुरूआत, जित्नुहोस् आइफोन १६’ उपहार योजना सार्वजनिक गरेको छ।

बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवान सफ्ट प्रालिसँगको सहकार्यमा यो योजना शुरू गरेको हो। बैंकका अनुसार योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी न्यूनतम रू. १०० वा सोभन्दा बढी रकमको मोबाइल रिचार्ज (टपअप) गर्नुपर्नेछ।

योजना अवधिभर मोबाइल टपअप गर्ने ग्राहकहरूबीच गोलाप्रथामार्फत एकजना भाग्यशाली विजेता छनोट गरिने र आइफोन १६ उपहारस्वरूप प्रदान गरिने बैंकले जनाएको छ। यो योजना वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म मात्रै रहने बैंकले जानकारी दिएको छ।

मंगलबार, ०२ बैशाख २०८२, १६ : ४२

प्रतिक्रिया