काठमाडौं- टीभीएस मोटर्सले अपाचे आरआर ३१० मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा आफ्नो प्रिमियम स्पोर्टस मोटरसाइकल अपाचे आरआर ३१० को अपडेट भर्सन ‘एड्भान्स टेक्नोलोजी’ र ‘सेग्मेन्ट फ्रस्ट’ फिचरका साथ तीन भेरियन्टमा सार्वजनिक गरेको हो । कम्पनीले टीभीएस अपाचे सिरिजको २० वर्ष र ६० लाख ग्राहक पुगेको अवसरमा आरआर ३१० मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक गरेको हो ।
एड्भान्स टेक्नोलोजी र सुरक्षालाई मध्यनजर गरि रेसिङ पर्फमेन्सका लागि लन्च कट्रोल सिस्टम, ट्रनिङका लागि आर्टी डीएससी, मल्टि ल्यांग्वेज सपोर्ट गर्ने जेन टु रेस कम्प्युटर सिस्टम, सिक्वेन्सियल टर्न सिग्नल इन्डिकेटर (टीएसएल) र नयाँ ८ स्पोक अलोय ह्वील जस्ता आधुनिक फिचरहरू थपिएको छ ।
त्यसैगरी, ट्रयाक, स्पोर्टस्, अर्बान र रेन गरी चार राइड मोड, नयाँ कस्टमाइजेसन अप्सन र नयाँ कलर स्कीम पनि पाउन सकिन्छ ।
यो मोटरसाइकलमा ३१२.२ सीसी ओबीडी टूबी, सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डीओएचसी, बीएस ६, रिभर्स इनक्लाइन्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ३८ ब्रेकहर्स पावर तथा २९ एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले भारतमा यसको सुरूवाती मूल्य २ लाख ७७ हजार ९९९ भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।
प्रतिक्रिया