किया ईभी३ बन्यो वर्ल्ड कार अफ द इयर २०२५

सोमबार, ०८ बैशाख २०८२, १६ : २४

काठमाडौं- किया ईभी३ विश्व कार अवार्ड २०२५ मा वर्ल्ड कार अफ द इयर घोषित भएको छ । न्युयोर्कमा आयोजित अन्तर्राष्ट्रिय अटो शोमा विश्व कार पुरस्कार समारोहमा किया ईभी३ ले उपाधि जितेको हो । 

वर्ल्ड कार अफ द इयर पुरस्कार जित्नका लागि सवारी साधनको वार्षिक उत्पादन कम्तिमा १० हजार युनिट हुनुपर्छ, साथै यसको मूल्य लक्जरी कारको स्तरभन्दा कम हुनुपर्छ। त्यस्तै, जनवरी १, २०२४ देखि मार्च ३०, २०२५ भित्र दुई फरक महादेशका दुई प्रमुख बजार (जस्तैः चीन, युरोप, भारत, जापान, कोरिया, ल्याटिन अमेरिका, अमेरिका) मा बिक्रीमा उपलब्ध हुनुपर्ने मापदण्ड रहेको छ । 

ईभी३ को यो जितपछि २०२० देखि कियाले जितेका विश्व कार अवार्डहरूको संख्या ६ पुगेको छ। किया ईभी३ मा ईभी९ को फिचर समावेश गरिएको छ । ईभी३ पूर्ण चार्जमा ६०० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले गर्दा यो सेगमेन्टमा अगाडि रहेको छ । 

सोमबार, ०८ बैशाख २०८२, १६ : २४

प्रतिक्रिया