प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

मंगलबार, ०९ बैशाख २०८२, १० : ४०

काठमाडौं- प्रभु बैंकले सवा ३ लाख कित्ताभन्दा बढी सेयर बिक्रीमा ल्याएको छ।

बैंकको संस्थापक समूहको ३ लाख ३१ हजार ५७९ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन पाउने छन्। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

मंगलबार, ०९ बैशाख २०८२, १० : ४०

प्रतिक्रिया