काठमाडौं- कुमारी बैंकले ५ लाख कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कुमारी बैंकका संस्थापक सेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया