बैंक खाता खोलेर परिचयपत्र नबुझाएका ग्राहकलाई विवरण बुझाउन कुमारी बैंकको आग्रह

मंगलबार, ०९ बैशाख २०८२, १२ : १५

काठमाडौं- कुमारी बैंकले बैंक खाता खोलेर परिचयपत्रको विवरण नबुझाएका ग्राहकहरुसँग विवरण मागेको छ।

बैंकले २०८१ माघ १ पछि खाता खोलेका खातावालहरूलाई असार मसान्तसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको हो । बैंकले त्यसयता खोलेका खातावालहरूलाई विवरण उपलब्ध गराउनका लागि ९० दिनको समय तोकेको छ ।

असार मसान्तसम्म विवरण उपलब्ध नगराएमा बैंकले त्यस्ता खातावालहरुको बैंक खाता रोक्का राख्ने जनाएको छ ।

मंगलबार, ०९ बैशाख २०८२, १२ : १५

प्रतिक्रिया